ओली सरकारले इन्धनको मूल्य बढाएर दियो नयाँ वर्षको उपहार

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।

नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको हो । निगमले प्रतिलिटर पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार इन्धनको मूल्य समायोजन गरेको जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ र डिजेल तथा मटिट्तेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरिएको छ ।

यसअघि पेट्रोलको प्रतिलिटर एक सय पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ८५ रुपैयाँ कायम भएको थियो ।

कम्युनिष्ट सरकारले जनतालाई राहत दिन निर्वाचनमा गरेको प्रतिवद्धता विपरित पेट्रोलियम पर्दाको मूल्य वृद्धि गरेर ओलीले सर्वसाधारणको ढाड सेक्ने काम गरेका छन् । ओली सरकारले दिएको नयाँ वर्षको यो उपहारको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

Published : Monday, 2018 April 16, 9:56 pm

1 प्रतिकृया प्राप्त “ओली सरकारले इन्धनको मूल्य बढाएर दियो नयाँ वर्षको उपहार”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया