गुण्डा नाइके गुरुङ पक्राउ
पोखरा । पोखराका गुण्डा नाइके ललित गुरुङसहित उनको समूहका तीन जना पक्राउ परेका छन् ।
‘एलजी ग्रुप’को नाममा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाउँदै आएका ललित यसअघि पनि पक्राउ परेका थिए । गुरुङले पछिल्लो समय म्यानपावर व्यवसायीदेखि उद्योगी तथा होटल व्यवसायीसँग चन्दा माग्ने र धम्क्याउने गरेको प्रहरीले बताएको छ ।
ललित तरुण दल लमजुङका उपसभापतिसमेत हुन् । प्रहरीले निगरानी गर्न थालेपछि उनी राजनीतिक संरक्षणको खोज्दै तरुण दलको नेता बनेका थिए ।
ललितसँगै अन्य २ जनालाई पोखरा बैदामबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए ।
पोखरा– १२ बस्ने ३४ ववर्षीय ललितसँगै शीतलादेवी बस्ने २६ ववर्षीय दीपेन परियार र पोखरा– ५ का २५ वर्षीय संगम थापा पक्राउ परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत