‘बागी २’ले बनायो नयाँ रेकर्ड

मुम्बई । टाइगर श्राफको फिल्म ‘बागी–२’ले बक्स अफिसमा धमाल मच्चाइरहेको छ । प्रदर्शन भएको तीन दिनमै लागत उठाइसकेको फिल्मको सफलताले टाइगरलाई यस्तो ठाउँमा पु-यायो कि बलिउडका दिग्गज कलाकारले पनि उनको प्रशंसा गरिरहेका छन् ।

फिल्मले ८ दिनमा १ सय १२ करोड रुपैयाँ भारुको आँकडा पार गरेको छ । टाइगरले ‘हिरोपन्थी’, ‘बागी’, ‘मुन्ना माइकल’पछि एकपटक फेरि आफ्नो एक्सनले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । फिल्ममा उनको अपोजिटमा दिशा पटानी रहेकी छन् ।

सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावत’ यस वर्षको सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म थियो । फिल्मले बक्स अफिसमा तीनसय करोडको कलेक्सन गरेर रेकर्ड बनाएको थियो ।

तर, पहिलो दिनको कमाइको सवालमा टाइगरको फिल्म ‘बागी–२’ले ‘पद्मावत’को रेकर्ड तोडेको छ । ‘पद्मावत’ले पहिलो दिन २४ करोड रुपैयाँको व्यापार गरेको थियो भने ‘बागी–२’ले २५।१० करोड कमाइ गरेको छ ।

‘बागी–२’ले पहिलो दिन २५।१० करोडको व्यापार गरेको थियो । यसकारण टाइगर बलिउडको पहिलो युवा स्टार हुन्, जसको फिल्मले पहिलो दिन बक्स अफिसमा रेकर्ड नै राख्यो । टाइगरले रणवीर सिंह, वरुन धवन र रणवीर कपुरजस्ता अभिनेतालाई पछाडि पारेका छन् ।

‘बागी–२’ले ओपनिङ डेमा मात्र रेकर्ड राखेन, ओपनिङ विकमा पनि दह्रो कमाइ गरेको छ । फिल्मले तीन दिनभित्र ७३।१० करोडको कमाइ गरेर २०१८ कै दोस्रो बढी ओपनिङ गर्ने फिल्म बनेको छ ।

‘बागी–२’ले यो साबित गरिदियो कि एक्सन र डान्सको सवालमा टाइगरसँग लड्न गाह्रो छ । टाइगरको यो पाँचौँ फिल्म हो । तर, उनको करिअरको यो नै पहिलो फिल्म हो जुन १०० करोड क्लबमा सामेल भयो ।

Published : Sunday, 2018 April 8, 10:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया