नेपाली बजारमा आइपुग्यो अत्याधिक महँगो गाडी

काठमाडौं । नेपालका लागि फोर्ड गाडीको आधिकारीक विक्रेता जिओ अटोमोवाइल्सले शुक्रबार काठमाडौंमा विश्व विख्यात फोर्ड मुस्ताङ अनावरण गरेको छ ।

गत वर्ष नाडा अटो शोमा फोर्ड मुस्ताङ प्रदर्शन गर्दा गाडीका पारखीहरुद्वारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्र्याएको जिओ अटोमोवाइल्सले जनाएको छ ।

फोर्ड मुस्ताङ विश्वमै आफ्नो स्टाइल, कार्यकौशलता र शक्तिशाली इन्जिनका लागि प्रख्यात छ । यो मोडललाई अमेरिकन आईकनका रुपमा लिइन्छ । जेम्स वण्डको फिल्मदेखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग भएको छ ।

फोर्ड मुस्ताङमा ५।० लिटर, भि८ इन्जिन जडान गरिएको छ जसले ४५०पिएस पावरको शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसनयुक्त फोर्ड मुस्ताङ हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ ।

फोर्डका उत्कृष्ट प्रविधिबाट सु–सजित यस फोर्ड मुस्ताङमा भ्वाइस कमान्डरस्टाइलिस एलइडी रहेको छ ।

Published : Wednesday, 2018 April 4, 11:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया