सार्वजनिक यातायातमा नेपाली गीत नबजाउन आह्वान

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीका साधानमा गीत संगीत नबजाउन आहृवान गरेको छ ।

यातायात व्यवस्था विभागले संगीत रोयल्टी तथा मनोरञ्जन कर लिने गरी निर्देशिका जारी गरेपछि महासंघले यातायात व्यवसायी तथा मजदुरहरूलाई गीत संगीत नबजाउन आहृवान गरेको हो ।

महासंघले सरकारले संशोधन गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकाका सम्बन्धमा छलफल गर्न चैत २६ गते परिषद बैठक पनि बोलाएको छ ।

बैठकले सरकारले यातायात व्यवस्था विभागमा पञ्जीकरण नभएका सवारीको रुट नवीकरण र दर्ता नगर्ने गरी निर्णयको समीक्षा गर्नेछ ।

Published : Monday, 2018 April 2, 8:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया