गायिकाको अभिव्यक्तिले ८३ अर्ब नोक्सा

लसएञ्जलस । बलिउडकी चर्चित गायिका रिहानाले स्न्यापचाटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको छ ।

आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको छ ।

स्न्यापच्याट प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प प्रदान गरिएको थियो ।

सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए । लगत्तै रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको उक्त विज्ञापनको आलोचना गरेकी थिइन् ।

जसमा उनले लेखेकी छिन्, ‘स्न्यापच्याट, तिमी मेरो सबैभन्दा प्रिय एप होइनौँ । तर, यो गडबडी केको लागि । म यसलाई अज्ञानता भन्न चाहन्छु तर, तिमी यति सारो मुर्ख पनि छैनौँ । तिमीहरू घरेलु हिंसाका पीडितहरूलाई गिज्याउने र मजाक बनाउने विज्ञापनमा पैसा खर्च गर्दैछौ । लाज शरम छैन ?’

स्न्यापच्याटले पनि विज्ञापन गलत भएको बताउँदै विज्ञापन कसरी आयो भन्ने विषयमा अनुसन्धान शुरु गरिसकेको बताएको छ ।

यसअघि काइली जेनरले पनि स्न्यापच्याटको नयाँ डिजाइनको आलोचना गर्दा कम्पनीको शेयर ६ प्रतिशतले खस्केको थियो । जसका कारण कम्पनीलाई १.३ अर्ब डलर घाटा लागेको थियो । – एजेन्सी

Published : Friday, 2018 March 23, 11:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया