पाकेटमार पतिलाई छुटाउन जाँदा पत्नी नै पक्राउ
काठमाडौं । सार्वजनिक यातायातमा पकेटमारी गर्दागर्दै पक्राउ परेका आरोपी छुटाउन प्रहरीलाई ३ लाख २४ हजार घुस दिने महिला थुनामा पुगेकी छन् ।
महानगरीय प्रहरी वृत्त गौशालाले बुधबार साँझको ८ बजे नियन्त्राणमा लिएका श्रीमान छुटाउन राति १२ बजे घुस रकमसहित प्रहरी कार्यालयमा पुगेकी श्रीमतीलाई नियन्त्रणमा लिएर कारबाही थालेको हो ।
बुधबार कोटेश्वरबाट चावहिल तर्फ जाँदै गरेका सरोज कार्कीले बोकेको ७५ हजार पकेटमारी गर्दा गर्दै काभ्रे धुलिखेलका विवेक लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वृत्तले साँझको घटना भएकाले लामालाई हिरासतमा राखेर बिहीबार थप अनुसन्धान अघि बढाउने तयारी गर्दै थियो।
पटके रहेका श्रीमानका विषयमा जानकारी रहेकी पत्नी शर्मिला तामाङले राति नै रिहा गराउन प्रहरीसँग सम्पर्क गरेकी थिइन् । उनले बारम्बार प्रहरीलाई रकमको प्रलोभन दिएपछि वृत्तका प्रमुख डिएसपी अनुपम श्रेष्ठले उनलाई समेत पक्राउ गर्न निर्देशन दिएका थिए ।
श्रीमानलाई अदालतमा म्याद थपिनुअघि नै रिहा गराउन ३ लाख २४ हजारसहित मध्यरातमा गौशाला पुगेकी शर्मिला समेत पक्राउ परेकी हुन् ।
वृत्तको अनुसन्धानमा विवेकसहितको समूह लामो समयदेखि सार्वजनिक यातायातमा पकेटमारीमा संलग्न रहेको खुलेको छ । प्रहरीले समूहका अन्य व्यक्तिको खोजी तीव्र बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत