आभिनेत्री आलिया घाइते

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट फिल्मको सुटिङसेटमा घाइते भएकी छिन् । उनी मंगलबार घाइते भएकी हुन् । उनलाई दाहिने पाखुरा र काँधमा चोट लागेको छ ।

‘ब्रम्हास्त्र’ फिल्मको सुटिङका बेला आलिया घाइते भएकी हुन् । फिल्मको सुटिङ बुल्गेरियामा चलिरहेको छ । चिकित्सकले आलियालाई १५ दिन आराम गर्ने सल्लाह दिएका छन् । – एजेन्सी

Published : Tuesday, 2018 March 20, 7:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया