गर्नै नहुने कार्य गरेपछि यी सुन्दरी फसिन
काठमाडौं । प्रहरीले फागुन २१ गते पक्राउ गरेकी कोपिला बोहरा थापा यसपटक मञ्जु बुढाथोकीको नाममा ठगी आरोपमा पक्राउ परेकी छन् ।
महानगरीय प्रहरी वृत्त बालाजुले ठगी आरोपमा आइतबार नियन्त्रणमा लिएकी कोपिलालाई काठमाडौं जिल्ला अदालतले गत चैत १७ मा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
बालाजु प्रहरी वृत्तका प्रमुख डिएसपी विश्वराज खडकाले गतवर्ष भीमप्रसाद राईको जाहेरीका आधारमा करिब सवा ३ लाख ठगीको आरोपमा कोपिलाविरुद्द मुद्दा चलेको बताए ।
वृत्तले सशस्त्र प्रहरी बलमा जागिर लगाइदिने भन्दै ५ जना महिलाबाट करिब साढे दुईलाख ठगेको आरोपमा बुढाथोकीलाई दोस्रो पटक आइतबार नियन्त्रणमा लिएको हो ।
बुढाथोकीले सशस्त्र सहायक निरीक्षकको पोशाक लगाएको फोटो देखाएर आफ्नो पहुँच माथिसम्म रहेको भन्दै ५ महिलाबाट रकम असुलेकी थिइन् ।
अनुसन्धानमा बालाजु एरियामा बस्ने उनले आफूलाई यसपटक कोपिला बोहराका नामले चिनाउने गरेकी थिइन् । उनको पोशाकको नाम ब्याचमा भने एम बुढाथोकी नै छ । प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएकी बोहरा नै गतवर्ष कारवाही भोगेकी मञ्जु बुढाथोकी भएको खुलेको थियो ।
कोपिलाले दैलेख चामुण्डा विन्द्रासेनी स्थायी ठेगाना भएकी बनस्थली बस्ने राधा शाही एक लाख ४५ हजार, सिन्धुपाल्चोककी, रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार र मीना सुनवारसँग १९ हजार ठगेको निवेदन वृत्तमा परेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत