अभिनेत्री श्रेयाले गरिन् विदेशी नागरिकसँग विवाह
मुम्बई । तेलेगु फिल्ममा सक्रिय अभिनेत्री श्रेया शरनले रसियन प्रेमी आन्द्रेइ कोसचेभसँग विवाह गरेकी छिन् ।
पारिवारिक समारोहका बीच श्रेयाले विवाह गरेकी हुन् । विवाह समारोहमा निटक पारिवारिक सदस्य र मित्रहरूमात्र सहभागी भएका थिए । समारोहमा बलिउडबाट मनोज बाजपेयी र उनी पत्नी सबानामात्र सहभागी भएका थिए । उनीहरू श्रेयाका छिमेकी हुन् ।
श्रेयाले १२ मार्चमा मुम्बईस्थित लोखण्डवाला निजी निवासमा विवाह गरेकी हुन् । श्रेयाले भारतीय हिन्दु परम्परा अनुसार विवाह गरेको जनाइएको छ ।
उनी तेलेगु फिल्मका अलावाअन्त दक्षिण भारतीय फिल्म र बलिउड फिल्ममा समेत सक्रिय रहँदै आएकी छिन् । श्रेयाका प्रेमी राष्ट्रियस्तरका टेनिस खेलाडीका साथमा मस्कोमा रेष्टोरेन्टहरूको फ्रान्चाइज समेत चलाउँछन् । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत