अभिनेत्री श्रेयाले गरिन् विदेशी नागरिकसँग विवाह

मुम्बई । तेलेगु फिल्ममा सक्रिय अभिनेत्री श्रेया शरनले रसियन प्रेमी आन्द्रेइ कोसचेभसँग विवाह गरेकी छिन् ।

पारिवारिक समारोहका बीच श्रेयाले विवाह गरेकी हुन् । विवाह समारोहमा निटक पारिवारिक सदस्य र मित्रहरूमात्र सहभागी भएका थिए । समारोहमा बलिउडबाट मनोज बाजपेयी र उनी पत्नी सबानामात्र सहभागी भएका थिए । उनीहरू श्रेयाका छिमेकी हुन् ।

श्रेयाले १२ मार्चमा मुम्बईस्थित लोखण्डवाला निजी निवासमा विवाह गरेकी हुन् । श्रेयाले भारतीय हिन्दु परम्परा अनुसार विवाह गरेको जनाइएको छ ।

उनी तेलेगु फिल्मका अलावाअन्त दक्षिण भारतीय फिल्म र बलिउड फिल्ममा समेत सक्रिय रहँदै आएकी छिन् । श्रेयाका प्रेमी राष्ट्रियस्तरका टेनिस खेलाडीका साथमा मस्कोमा रेष्टोरेन्टहरूको फ्रान्चाइज समेत चलाउँछन् । – एजेन्सी

Published : Saturday, 2018 March 17, 9:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया