‘मेन्टल’लाई लिएर सलमान र एकताबीच ठाकठुक

मुम्बई । धेरैलाई थाहा नहुनसक्छ सलमान खानको फिल्म ‘जय हो’को सुरुवाती नाम थियो ‘मेन्टल’ । तर, फिल्ममा यो नाम आएन ।

निर्देशक कवीर खानले सलमानकै ‘ट्युवलाइट’को नाम ‘मेन्टल’ राख्न चाहन्थे । त्यो पनि भएन ।

अहिले एकता कपुरले कंगना रनावत र राजकुमार राओ स्टारर रहेको फिल्मको नाम राखिन् ‘मेन्टल है क्या ?’ एकताको फिल्ममा यो नाम आउँदा सलमान खानका दाजुभाइलाई मन परेको छैन ।

त्यसो त सलमान र उनका भाइहरूले यस विषयमा कुरा उठाएका छैनन् । एकताले फिल्मको न्वारन गर्दा उनीहरूसँग कुनै सल्लाह गरिनन् ।

आउने कुनै फिल्मको ‘मेन्टल’नाम राख्ने सलमान खानको योजनालाई यसले असर गर्ला कि नगर्ला त्यो समयले नै बताउनेछ । – एजेन्सी

Published : Monday, 2018 March 12, 10:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया