फेसबुक ग्रुप च्याटले गयो ज्यान, किशोरी प्रयोग
काठमाडौं । फेसबुक ग्रुपबाट हटाएर आफ्ना साथीहरू मात्रै थपको निहूमा किशोरीलाई प्रयोग गरेर १६ वर्षीय कुमार सुचिकार बर्देवाको हत्या भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका ४ गोलढुंगामा फागुन २७ गते बिहान ५ बजे बोलाएर कुटपिट भएको थियो । तत्काल सूचना पाएको प्रहरीले कुमारलाई उद्धार गरेर उपचारका लागि लगे पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
कक्षा ८ मा अध्ययनरत रोजी रानामगरलाई प्रयोग गरेर १० जनाको समूहले बर्देवाको हत्या गरेको महानगरीय प्रहरी बृत्त बालाजुका प्रमुख नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । ‘कुमार सुचिकार बर्देवाको हत्याका विषयमा अनुसन्धान भइरहेको छ’, नायब उपरीक्षक खड्काले भने, ‘कक्षा ८ मा अध्ययनरत रोजी राना मगरलाई प्रयोग गरेर हत्याको घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।’
बालाजुस्थित प्रहरी बृत्तमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा हत्याको घटनामा संलग्न दश जना किशोर र किशोरीलाई पनि सार्वजनिक गरिएको थियो । कुमार सुचिकार बर्देवाको हत्यामा संलग्न सबै १८ वर्षमुनिका छन् । हत्यामा संलग्न कोही किशोर किशोरी १६ वर्षमुनिका छन् । उनीहरूलाई सुधार केन्द्रमा राखेर अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।
फेसबुकमा ‘पुरानो गुह्येश्वरी एजी’ ग्रुपमा कुमार सुचिकार बर्देवा ‘डेभिल’ नामबाट ग्रुप ज्वइन गरेका थिए । डेभिलले अन्य साथीहरूलाई हटाएर आफ्ना साथीलाई मात्रै थपेपछि दश जनाको समूह मिलेर कुटपिट र हत्याको योजना बनाएको डिएसपी खड्काले बताए ।
‘फेसबुकको ग्रुपमा हटाएको विषयमा तारकेश्वर नगरपालिका ४ बस्ने १६ वर्षीय सुजन महर्जनसहितका किशोरले डेभिल भनिने कुमार सुचिकार बर्देवालाई बोलाएर ठीक पार्ने भन्दै घटना गराएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ’, खड्काले भने, ‘रोजी राना मगरलाई प्रयोग गरेर कुमारलाई बोलाइ रड र ढुंगाले हानेर घाइते बनाइ फरार भएका थिए ।’ अनुसन्धानका क्रममा हत्यामा संलग्नहरूको पहिचान भएपछि सोमबार र मंगलबार दुई दिन गरेर दशैजनालाई पक्राउ गरिएको खड्काले बताए ।
पक्राउ पर्नेमा कक्षा ८मा अध्यनरत अन्दाजी १५ वर्षीया रोजी राना मगर, १६ वर्षीय सुजन महर्जन, १८ वर्षीय निर्मल महर्जन, १६ वर्षीय दिनेश नगरकोटी, १६ वर्षीय विशाल पुतुवार, १८ वर्षीय समिर महर्जन, १६ वर्षीय विक्की पुतुवार, १७ वर्षीय आईसिंह तामाङ, १६ वर्षीय राजन मगर र १६ वर्षीय पेमा गेल्जेन शेर्पा रहेका छन् । उनीहरूव सबै तारकेश्वर नगरपालिका र नयाँ बसपार्क क्षेत्र आसपास बसोबास गर्ने किशोर हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत