सुखद् रहेन अदीतिको मुम्बई बसाइ

काठमाडौं । झापाको दमकमा जन्मिएकी अदीति बुढाथोकी फेसन डिजाइनर पुष्पा बुढाथोकीकी एक्ली छोरी हुन् । अदीतिको जन्म सन १९९२ २८ जुलाइमा भएको हो ।

अदीतिले कक्षा १० सम्मको अध्ययन गृहनगर दमकमा गरिन् । त्यसपछि उनी काठमाडौं आइन् । पढाई सँगसँगै अदीतिले मोडलिङ कक्षा सुरु गरिन । अहिले उनी ‘सूचना प्रविधि’ विषयमा स्नातक गरिरहेकी छिन् ।

नेपाली फिल्म ‘कृ’बाट अभिनयमा डेब्यु गरेकी अदीति त्यसअघि भारतको मुम्बईमा बस्दै आएकी थिइन् । भारतमा मोडलिङ गर्दै आएकी अदीतिले म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।

अदीतिको मुम्बई बसाइ भने कलाकारिताका लागि खासै उपलब्धी मूलक छैन । मुम्बईमा चल्न नसकेपछि अदीति नेपाल ब्याक भएको केही समयपछि ‘कृ’मा काम गर्ने अवसर पाएकी हुन् ।

 

Published : Thursday, 2018 March 1, 6:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया