बलिउड अभिनेत्री श्रीदेवीको निधन

नयाँदिल्ली । भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ ।

पारिवारिक कार्यक्रममा सहभागी हुन् दुबइमा रहेका बेला हृदयघात भई अभिनेत्री श्रीदेवीको शनिबार राति मृत्यु भएको हो । बलिउड फिल्म निर्माता एवम् निर्देशक बोनी कपूरसँग विवाह गरेकी श्रीदेवीको ५५ वर्षको उमेरमा निधन भएको समाचारमा उल्लेख छ ।

श्रीदेवीलाई हिन्दी फिल्मको पहली महिला सुपरस्टार पनि भन्ने गरिएको छ ।सन् २०१३ मा उनलाई भारत सरकारले पद्मश्री सम्मान दिएको थियो । – एजेन्सी

Published : Sunday, 2018 February 25, 7:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया