टेलिकमका ग्राहकलाई ३ दिन अनलिमिटेड सुविधा

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरूका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्नेछन् ।

जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरे पछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो प्याक फागुन ६ देखि फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिएपछि अर्को पटकफेरि प्याक खरिद गर्न सकिनेछ । तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिनेछ ।

फ्रिडम प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415*8# डायल गर्न वा FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ ।

Published : Sunday, 2018 February 18, 4:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया