गोली प्रहार गर्ने दम्पत्ति मकवानपुरमा पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडामा गोली प्रहार गरेर घाइते बनाउने एक दम्पत्तिलाई प्रहरीले हातहतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

माघ २४ गते राति पौने आठ बजे मनहरी गाउँपालिका वडा नं.९ स्थित सानो भावर जंगलमा ३७ वर्षीय शरण गोलेलाई गोली प्रहार भएको थियो ।

गोलेले राक्सिराङ गाउँपालिका वडा नं. १ बस्ने राजकुमार मोक्तानको टाउकोमा ढुङगा प्रहारबाट घाइते बनाएपछि गोली प्रहार भएको प्रहरीले जनाएको छ । मोक्तानको टाउकोमा चार वटा टाका लगाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।

गोली प्रहारको घटनामा संलग्न रामबहादुर मुक्तान र उनकी पत्नी ३० दिलमाया मुक्तानलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

मोटरसाईकल बाटोमा राखेको विषयमा विवाद हुँदा कुटपिट र गोली प्रहारको घटना भएको थियो ।

घटना विवरण           

मिति २०७४/१०/२४ गते १९:४५ बजेको समयमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं.९ स्थित सानो भावँर जंगलमा एक जना व्यक्तिलाई गोली प्रहार भई घाईते भएको भन्ने सूचना फोन मार्फत प्राप्त हुन यस कार्यालयबाट एम्बुलेन्सलाई खबर गरी ईलाका प्रहरी कार्यालय नेवारपानी,मनहरी तथा यस कार्यालयबाट प्र.ना.उ.को टोली तत्काल घटनास्थलमा खटि गई घाईतेहरुलाई एम्बुलेन्समा राखी उपचारार्थ भरतपुर तर्फ पठाईएको उक्त घटनास्थल नजिकै ना ४० प ६२१५ नं. मोटरसाईकल जलेको अबस्थामा भेटिएकोले सो मो.सा. को कस्को भन्ने सम्बन्धमा अनुसन्धान गर्दा मनहरी गाउँपालिका वडा नं. ५ डिल्लीपुर बस्ने राम बहादुर मुक्तान र निजको श्रीमती दिलमाया मुक्तान सवार भएको भन्ने खुल्न आएकोले निजहरुलाई मिति २०७४/१०/२६ गते प्रहरी द्धारा नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन गर्दा म तथा मेरो श्रीमती समेत चढी आएको ना.४० प ६२१५ नं.को मोटरसाईकल जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं.९ स्थित सानो भावर जंगल नजिक बाटोमा रोकी राखेको अवस्थामा हाल नामथर खुल्न आएका शरण गोले तथा राजु भन्ने राज कुमार तामाङ मो.सा.चढी आर्ई  बिच बाटोमा मोटरसाईकल रोक्ने को हो भनि  मलाई अपशब्द बोली एक थप्पड हानेकोर्ले  हामी दुवै बिच बाद बिवाद भई हातपात हुँदा मेरो साथमा कम्मरमा बोकेको नलकटुवा पेस्तोलबाट शरण गोलेलाई एक राउण्ड गोली प्रहार गरेको र उक्त नलकटुवा पेस्तोल जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नं.९ स्थित खरङ्गा र सानो भावँर जंगलमा फालि दिएको छु भनि बताए पश्चात मिति २०७४/१०/२६ गते बिहान १०ः०० बजेको समयमा यस कार्यालय तथा ई.प्र.का.नेवारपानी मकवानपुर समेतबाट प्र.अ.समेतको टोलीले  निज रामबहादुर मुक्तानलाई साथमा लिई हतियार खोजतलासको लागि सानो भावँर जंगलमा पुगी खोजतलास गर्ने क्रममा जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नं.९ स्थित खराङ्गा चोक नजिक बाटोमा रहेको बालुवा भित्र राइफलको गोली थान–१, ३०३ राईफलको गोली थान–१ फेला परेको, उक्त स्थानमा हतियार फेला नपरेकोले पुनः निजलाई सोधपुछ गर्दा प्रहरीले आफ्नो घर खानतलासी गर्न सक्ने आशंका गरी आफ्नो ससुराको घर लुकाई राखेको भनेकोले ऐ.१८ः०० बजे प्रहरी टोलीले निज राम बहादुर मुक्तानको ससुरा ऐ.ऐ.वडा नं.५ डिल्लीपुर बस्ने गोपीलाल रुम्बाको घर खानतलासी गर्दा घरको माथिल्लो तलामा बोरा भित्र लुकाई छिपाई राखेको पिडित शरण गोले माथि प्रहार भएको नलकटुवा पेस्तोल लगायत निम्न बिष्फोटक पदार्थहरु, हातहतियार खरखजना तथा बिभिन्न  सामग्री फेला पारी बरामद गरिएको र निज राम बहादुर मुक्तान र निजको श्रीमती दिलमाया मुक्तान समेतलाई प्रहरी नियन्त्रणमा राखि थप अनुसन्धान कार्य जारी राखिएको ।

बरामद भएका सामाग्री

कटुवा पेस्तोल थान–१

तयारी अवस्थाको कुकर बम थान–१

ईन्सासको गोली राउण्ड थान–२

८ एमएम लेखेको गोली राउण्ड थान–२५

कुकर बम पड्काउने रिमोट थान–१

सुतली बम थान–२

बारुद आधा किलो

डेटकट आधा मिटर

डेटोनेटर थान –६

पहेंलो गन्धक पदार्थ थान–१

म्याक्सेल लेखेको ब्याट्री थान–२

गाडीको वेरिङ्गको छर्रा थान–११

रडको टुक्रा थान–५

कैची थान–१

कालो टेप थान–१

रेती थान–१

खाक्सी आधा मिटर

नेपाली सेनाका जस्तो हरियो कम्ब्याड ड्रेस थान–१

Published : Saturday, 2018 February 10, 7:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया