तुलसीपुरका यी पाँच भाई, जसले सिन्धुपाल्चोक पुगेर गरे हत्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा घर निर्माण गर्ने क्रममा खुकुरी प्रहार गर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ बस्ने तुकलाल गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहारको घटनामा संलग्न गिरीसहितका अन्य चार जना फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका सबै घोराही नगरपालिका निवासी हुन् ।

बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने मीनबहादुर श्रेष्ठको घर निर्माण गर्ने क्रममा कामदार बाह्रबिसे नगरपालिका–७ बस्ने ४२ वर्षीय दीर्घबहादुर थापा भन्ने बद्री थापाको खुकुरी प्रहारबाट मृत्यु भएको थियो ।

थापालाई दाङ तुल्सीपुर उपमहानगरपालिका–१२ बस्ने २० वर्षीय होमलाल गिरी समेतका ५ जना कामदारहरूले शुक्रबार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गरेर हत्या गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका–१२ बस्ने ४७ वर्षीय तुकलाल गिरीलाई शनिबार पक्राउ गरेको हो । अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरी भनाइ छ ।

Published : Saturday, 2018 February 10, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया