द्वन्द्व निर्देशक खड्गी ठमेलबाट पक्राउ

काठमाडौं । नेपाली फिल्मका द्वन्द्व निर्देशकसमेत रहेका कलाकार राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिण कोरियामा बिभिन्न फिल्म बनाउने र कलाकार बनाएर विदेश छिराइदिने भन्दै अवैध रुपमा दक्षिण कोरिया पठाएको आरोपमा खड्गीलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो ।

खड्गीलाई काठमाडौं जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । खड्गीविरुद्धको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

नेपाली फिल्म विदेशमा छायाँकन गर्ने बहाना बनाएर विदेशमा मान्छे छाडेर आउने तथा त्यस बापत मोटो रकम असुल्ने घटना दिन प्रतिदिन बढ्दै गएका छन् ।

Published : Saturday, 2018 February 10, 5:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया