बलात्कार ‘काण्ड’को मुख्य नाइके ‘नामुद ठेकेदारको छोरो, तीनैजनाको नाम खुल्यो

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा कैलाली घर भएकी युवतीमाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्न तीनजना युवाको पहिचन खुलेको छ ।

स्रोतका अनुसार ती युवतीले तीनजना युवकहरूको नाम किटानी जाहेरीमा उल्लेख गरेकी छिन् । विकास गौतम, दीपक गौतम र रवि पौडेलले बलात्कार गरेको युवतीले निवेदनमा उल्लेख गरेकी छिन् । दीपक गौतम ‘क’ श्रेणीको ठेकेदार छोरा हुन् ।

घटनाका आरोपीलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर दरबार मार्ग प्रहरीलाई बुझाएको थियो । दरबारमार्गका डिएसपी तिलक भारती र मुद्दा शाखाका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी तथा सई चन्द्र भण्डारीले करकाप र दवाब दिएर घटना सामसुम पार्ने प्रयास गरेका थिए ।

घटना सार्वजनिक भएपछि बनेको छानबिन समितिले सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकेको छ । प्रहरी निरीक्षक ठकुरीलाई निलम्बनको सिफारिस गरिएको छ ।

डिएसपी भारतीका हकमा भने अनुसन्धान जारी राखिएको छ । शुक्रबार प्रहरीमा दर्ता भएको जाहेरीमा घटना विवरणसहित आरोपीविरुद्ध कडाभन्दा कडा कारवाहीको माग गरिएको छ ।

Published : Friday, 2018 February 2, 9:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया