नबिल बैंकका शाहको जागिर ‘फुत्कियो’

काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई राष्ट्र बैंकले ‘कुलिङ पिरियड’ लागू गरेपछि नबिल बैंकले अनिल शाहको यसअघिको नियुक्तिलाई खारेज गरेको छ ।

यसअघि राष्ट्र बैंकले पुस १३ गते एउटा बैंक छाडेपछि प्रमुख कार्यकारी अर्को बैंकमा ६ महिनाको अवधिसम्म जान नपाउने व्यवस्था गरेको थियो । सोही व्यवस्थाका कारण शाहको नियुक्त बदर हुन गएको नबिल बैंकले जनाएको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थापछि शाहले जेठको अन्तिम सातासम्म कुनै पनि बैंकको जिम्मेवारी लिन नपाउने भएका छन् । नबिलले त्यसभन्दा अगाडि नै अर्को सिइओ नियुक्ति गर्ने आशय जनाएको छ ।

नियुक्ति बदर गरिएको निर्णय कम्पनीले नेप्सेसहितका निकायहरूमा पठाइसकेको छ । यसअघि शाह सेन्चुरी कमर्सियल बैंकमा नजाने भएपछि नबिलले नियुक्ति गरेको थियो ।

Published : Wednesday, 2018 January 31, 7:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया