नबिल बैंकका शाहको जागिर ‘फुत्कियो’
काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई राष्ट्र बैंकले ‘कुलिङ पिरियड’ लागू गरेपछि नबिल बैंकले अनिल शाहको यसअघिको नियुक्तिलाई खारेज गरेको छ ।
यसअघि राष्ट्र बैंकले पुस १३ गते एउटा बैंक छाडेपछि प्रमुख कार्यकारी अर्को बैंकमा ६ महिनाको अवधिसम्म जान नपाउने व्यवस्था गरेको थियो । सोही व्यवस्थाका कारण शाहको नियुक्त बदर हुन गएको नबिल बैंकले जनाएको छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्थापछि शाहले जेठको अन्तिम सातासम्म कुनै पनि बैंकको जिम्मेवारी लिन नपाउने भएका छन् । नबिलले त्यसभन्दा अगाडि नै अर्को सिइओ नियुक्ति गर्ने आशय जनाएको छ ।
नियुक्ति बदर गरिएको निर्णय कम्पनीले नेप्सेसहितका निकायहरूमा पठाइसकेको छ । यसअघि शाह सेन्चुरी कमर्सियल बैंकमा नजाने भएपछि नबिलले नियुक्ति गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत