तुलसीपुरको वडामा महिलाहरू ‘गदगद’

दाङ । दाङको तुलसीपुर उपमहमानगरपालिकाका महिलाहरूलाई आय आर्जनका लागि सिप मुलक तालिम सञ्चालन गरिएको छ ।

सिप सिकाई व्यवसायिक तथा आयआर्जनमुखी गराउने उद्देश्यले तुलसीपुर– ५ का महिलाहरूलाई विभिन्न सिप मुलक तालिम दिन सुरु गरिएको वडा अध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए ।

सो वडाले महिलाहरूको वृहत भेला बोलाएर सिप सिक्न चाहने महिलाहरूको रुची तयार पारेको थियो । १४७ जना महिलालाई विभिन्न सिप मुलक तालिमहरु सञ्चालन गरेको जनाइएको छ ।

वडाले आठ लाख वजेट छुटाएर ४५ जना महिलाहरूलाई कम्प्यूटर तालिम, ३० जना महिलालाई हाते वुनाई (वुटिक) तालिम, ४२ जनालाई सिलाइकटाई र ३० जना महिलाहरूलाई छापाखानासम्वन्धि तालिम दिन सुरु गरिएको वडा सदस्य सुरेश श्रेष्ठले बताए ।

महिलाहरूका लागि आयआर्जन तथा सिप विकासका लागि वुटिक तालिमको उद्घाटन गरिएको छ । कामना कटाई सिलाई टेनिङ्ग सेन्टर तुलसीपुरको आयोजना तथा वडा नं ५ को सहयोगमा सुरु भएको तालिममा ३० जना महिलाहरूको सहमागिता रहेको छ ।

सेन्टरकी सञ्चालक कल्पना शर्माको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष वीरेन्द्र शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस्ता कार्यक्रमहरूले महिलालाई आय आर्जनमा सहयोग पुग्ने बताएका थिए ।

Published : Monday, 2018 January 29, 7:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया