अनुस्का प्रेममा फसेकै हुन् ?

मुम्बई । अभित्रेनी अनुस्का सेठ्ठीले अभिनेता प्रभावसँग आफ्नो कनै पनि प्रकारको अफेयर नरहेको प्रतिक्रिया दिएकी छिन् ।

अनुस्का र प्रभासबीच गहिरो प्रेममा रहेको तथा इंगेज्मेन्ट गर्ने तयारीमा रहेका समाचार आइरहेका बेला अनुस्काले प्रेमसम्बन्धबारे अस्वीकार गरेकी हुन् ।

उनले हालै दिएको एउटा अन्तर्वार्तामा आफू र प्रभास प्रेममा नरहेको दाबी गरेकी छिन् । ‘म र प्रभासबीच विशुद्ध साथीको सम्बन्ध छ ।

त्योभन्दा अरु केही पनि छैन’, उनले भनेकी छिन्, ‘उनी र म बिहे गर्ने खबर सरासर झुटो र निराधार हो । जब म बिहे गर्छु, सबैलाई खबर गर्नेछु । मेरो परिवारले खोजेको केटासँग नै म बिहे गर्नेछु ।’

अनुस्काले मिडियाले कुरा नबुझिकनै समाचार बनाउने गरेको आरोप लगाइन् । ‘म आफ्नो निजी जिन्दगी नितान्त निजी राख्न चाहन्छु’, उनले भनेकी छिन्, ‘तर, मिडियाले अनावश्यक खबर प्रकाशन गर्छन् । म कसैको प्रेममा छैन । म निजी जीवनका कुरा समाचारमा ल्याउनै चाहन्नँ ।’ – एजेन्सी

Published : Friday, 2018 January 26, 12:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया