दीपक मनाङ्गेका दुश्मनले पाए सफाइ, एमालेभित्र खुसियाली

काठमाडौं । कथित ‘डन’ चक्रे मिलनले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् ।

बुधबार न्यायाधीशहरु रत्नबहादुर बागचन्द चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले चक्रेलाई सफाइ दिएको हो ।

चक्रेले सफाइ पाएपछि उनका सथर्मक तथा एमालेका नेताहरूले बुधबार राति खुसियालीमा पार्टी समेत गरेका छन् । स्रोतका अनुसार मध्यरातिसम्म ठमेलमा उनीहरूको मदिरा पार्टी चलेको थियो ।

चक्रेले अवैध रुपमा ७ करोड ८ लाख रुपैयाँ कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीविरूद्ध २०७० जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

एमाले निकटका चक्रे राजनीतिमा सक्रिय हुन सकेका छैनन् । चक्रेलाई एमालेका नेता प्रदीप नेपालले अगाडि ल्याउन प्रयास गरिरहेका छन् । शक्तिमा नरहेका नेपालले चक्रेलाई राजनीतिक संरक्षण दिन नसकेको आरोप छ ।

बरु उनै चक्रेको हात छिनाइ दिएका दीपक मनाङ्गे एमालेमा प्रवेश गरेर प्रदेश सभाको सांसद बनिसकेका छन् । चक्रेको हात छिनाएको मुद्दामा दोषी पाइएपछि सजाय तोकिएका मनाङ्गे फरार छन् ।

Published : Thursday, 2018 January 25, 11:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया