यी हुन् अष्ट्रेलियामा प्रेमिका हत्या गरेर आत्म हत्या गर्ने डिभोर्सी नेपाली युवक

सिड्नी । अस्ट्रेलिया छाड्ने तयारीमा रहेकी प्रेमिकालाई हत्या गरेर एक नेपाली युवकले आत्महत्या गरेका छन् ।

बेलायती प्रेमिकाको हत्या गरी आत्महत्या गरेको घटनामा ड्रग्स समेत जोडिन पुगेको डेलीमेलले जनाएको छ । प्रेमिकाको हत्या गरी आत्महत्या गर्ने नेपाली युवक ब्राजिल गुरुङ कोकिनको नशामा रहने गरेको खुलासासँगै घटनाक्रमले नयाँ मोड लिएको हो ।

३३ वर्षका ब्राजिल गुरुङले उच्चस्तरको ड्रग मानिने कोकिन नियमित लिने गरेका थिए । २२ वर्षीया प्रेमिका अमेलिया वाल्केले अस्ट्रेलिया छाड्ने योजना बनाएको थाहा पाएपछि नराम्ररी विचलित भएका थिए गुरुङ । गुरुङले केही वर्ष अगाडि आफ्नी पत्नीलाई डिभोर्स समेत दिएका थिए ।

सिड्नी रेस्टुराँमा ब्राजिल गुरुङ प्रायः आइरहन्थे जहाँ उनकी प्रेमिका वेट्रेसका रुपमा काम गर्थिन् । न्युटाउनमा रहेको आफ्नै फ्ल्याटमा यो जोडी मृत भेटिएका थिए । यतिखेर ब्राजिल नराम्ररी ऋणमा डुबेका थिए ।

ब्राजिल गुरुङका साथीले ब्राजिल–अमेलियाबीचको प्रेममा हुँदा अरुसँगको सम्बन्धनले तनावमा रहेको तर्क गरे ।

ब्राजिल एक्लोजस्तै थिए, परिवार थिएन र अरु कोही पनि उसलाई साथ दिने थिएनन् । त्यस्तो अवस्थामा उनको प्रेमिकाले पनि छाड्ने बताएपछि उनी एक्कासी रिसाएको हुनुपर्छ ।

बिहे असफल भएपछि उसले पत्नीका लागि खर्च दिनुपर्ने भएकाले पनि ब्राजिलको आर्थिक अवस्था बिग्रिएको बताइएको छ ।

Published : Tuesday, 2018 January 23, 7:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया