कोकिनसहित पक्राउ परेकी युवतीको यस्तो थियो शोख

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट दुई विदेशी नागरिकलाई १ किलो ९ सय ग्राम कोकिन सहित समातेको छ ।

पक्राउ पर्नेमा २८ वर्षीया थाइल्यान्ड युवती खुनजई खनरात हुन् । थाइल्यान्डकी खनरातको एउटा गजवको सौख – प्रेमी फेर्ने । त्यही सौख नै उनको जीवनकै सवैभन्दा ठूलो गलपासो बन्यो ।

अध्यायन बीचैमा छाडेर थाइल्यान्डमा साधारण काम गर्दै आएकी खनरात प्रेमी फेरिरहन्थिन् । उनका प्रेमी जो पनि हुन पाउँदैन थिए । उनको रोजाइ रोचक थियो । यी थाइ युवती अफ्रिकी मुलका निग्रोहोलाई मात्र आफ्नो प्रेमी बनाउँथिन् ।

त्यसैले उनका अधिकांश प्रेमी अफ्रिकन थिए । प्रहरी बयान उनले आफ्नो प्रेमीबारे खुलेर बताएको डिआइजी ठूले राई बताउँछन् । यतिसम्म कि नयाँ प्रेमी खोज्न उनी थाइल्यान्डबाट विभिन्न देश पुग्थिन् ।

युवती खनरातले एउटै प्रेमीसँग लामो समय बिताउँदैन थिइन् । नयाँ प्रेमी सधै उनको खोजीमा हुन्थ्यो । यसैक्रममा पछिल्लो समय एक नयाँ प्रेमी थिए । उनले खनरातलाई नेपाल घुम्न जाने प्रबन्ध मिलाएका थिए । प्लेन टिकटदेखि होटेलको व्यवस्था समेत उतैबाट गरिदिएका थिए ।

उनलाई ब्राजिलबाट इथियोपिया र भारतको रुट हुँदै नेपाल जाने प्रबन्ध मिलाएका थिए उनका प्रेमीले । युवती खनरातको साथमा उनले थमाइदिए कालो सुटकेस । उनलाई सुटकेसमा के थियो भन्ने थाहा नभएको प्रहरीको दावी छ ।

प्रेमीले थमाएको सुटकेस लिएर उनी नेपाल आइन् । नेपाल आएको केही दिनमा नै उनलाई प्रहरीले ठमेलबाट पक्राउ गर्यो । उनले ल्याएको सुटकेसमा कार्वोन पेपरले बेरेर फल्स बटम बनाइ करिब २ केजी कोकिन राखिएको थियो ।

खनरात अहिले प्रहरीको हिरासतमा छिन् । उनलाई कोकिन बोकाएर पठाउने बाइफ्रेन्डको नाम पहिचान भइसकेको छ । खनरात नेपाल हुँदै थाइल्यान्ड कोकिन पुगाएवापत ३ हजार डलरसमेत दिने बचन दिएका थिए । लागू ‌औषध तस्करले नयाँ तथा पैसाका लोभमा पर्नेलाई नै भरिया बनाएर पठाउने गरेको प्रहरीको दावी छ ।

लागू औषध नियन्त्र व्यूरोले डेढ वर्षको अवधिमा तीन पटक गरेर ८ किलो कोकिनसहित केही मानिस पक्राउ गरेको छ ।

Published : Friday, 2018 January 19, 6:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया