कांग्रेसका नेता ‘मुन्न’ले गरे कमाल, अपहरणकारी पक्राउ

नवलपरासी । नवलपरासी जिल्लाबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट विजयी भएका नेता देवेन्द्रराज कंडेल ‘मुन्न’को बिशेष पहलमा अपहरणमा परेका एक भारतीय बालकको शकुसल उद्धार भएको छ ।

बिहीवार भारत उत्तर प्रदेश ठुठिबारीबाट १ करोड फिरौती माग रकम सहित अपहरणमा परेका ७ वर्षीय बालक आयुष निगमको शकुसल उद्धार गरिएको हो ।

पूर्व गृह राज्यमन्त्री समेत रहेका कंडेलले नेपाल र भारत दुबै क्षेत्रका सबै सुरक्षाकर्मीहरूसँग समन्वय गरेर बालकको शकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

ठुठीवारीका कपडा ब्यवसायी बबलू निगमका ७ वर्षीय छोरा आयुष निगम ठुठीबारी बजारबाट अपहरणमा परेका थिए । बालकलाई नेपालसँग सीमा जोडिएको बिहार राज्यको वाल्मीकि नगर जङ्गल क्षेत्रबाट दुबै देशका सुरक्षाकर्मीको पहलमा उद्धार गरिएको छ ।

ठूठीबारीमा रहेको राधाकुमार ईन्टल कलेजको प्रबन्ध सञ्चालक समेत रहेका कंडेलले बालकको अपहरण भएको थाहा पाएपछि उद्धारमा आफै सक्रिय भएका थिए । बालकको अपहरणमा संलग्नहरूलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नवलपरासी बर्दघाटसुस्ता पूर्व बिनयी त्रिवेणी गाउँपालिका रानीनगर निवासी निरज श्रेष्ठ, भारतको विहार प्रदेश बालमिकि नगरका राधव यादव, भारतको उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम, ठुठीबारीकै निवासी सोनु निगम रहेका छन् ।

अपहरणकारीले बालकका बुबा बब्लु निगमसंग १ करोड नेपाली रुपियाँ माग गरेका थिए । बालकलाई अपहरण गरी नेपालको भूमि हुँदै भारतको विहार राज्यको भैसालोट क्षेत्रमा लुकाएर राखिएको थियो ।

Published : Monday, 2018 January 15, 8:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया