देउखुरीमा दुईजनाको हत्या गरी फरार चौधरी सात वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्यज्यान मुद्धाका फरार अभियुक्त दाङका नरेशकुमार कुमाल चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ ।

चौधरी समेत रहेको कर्तब्यज्यान मुद्दाका प्रतिबादी चौधरी देश बाहिर लुकिछिपी बसेकोमा हाल नेपाल भित्रीएको भन्ने सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडमा फेला पारी पक्राउ गरेको हो ।

२०६७ जेठ २३ गते दाङ जिल्लाको गढवा गाउँपालिका–४ बस्ने ५५ वर्षीय मणिराम कुमाल चौधरी र ५० वर्षीया आशुकुमारी कुमाल चौधरीलाई नरेशकुमार कुमाल चौधरीले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसपछि उनी फरार रहेका थिए ।

नरेशकुमार चौधरीलाई कानूनी कारबाहीको लागि व्यूरोले ईलाका प्रहरी कार्यालय गढवा दाङ पठाएको प्रहरीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ । उनलाई प्रहरीले झण्डै सात वर्षपछि पक्राउ गरेको छ ।

Published : Monday, 2018 January 15, 6:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया