रोजगारीसहित एमबिएको अध्ययन नेपालमै, इस्लिङटन कलेजमा पढाइ सुरु

काठमाडौं । इस्लिङटन कलेजले अनुसन्धान रोजगारसहितको एमबिए शुरु गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी एमबिएको कोर्ष शुरु गरेको हो ।

कलेजले चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिए कोर्ष शुरु गरेको जनाएको छ । बेलायतको लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा चालु शैक्षिक सत्रदेखि एमबिए कोर्ष शुरु गर्नेछ । यो कोर्ष अध्ययनपछि नेपाललगायत विश्वका कुनैपनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजले जनाएको छ ।

अनुसन्धानमा आधारित दुई वर्षीय कोर्षअन्तर्गत नेपालबाट बिदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामाग्रीको विषयमा सुक्ष्म अध्ययन गर्ने यो कोर्षको विशेषता रहेको जनाइएको छ ।

ब्यापारसंग सुक्ष्म अध्ययन गर्ने उदेश्य सहित नयाँ विषयको शुरुवात गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले जानकारी दिए । ‘हामीले नेपालको बैकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी नेपालको व्यावसाय संचालन गर्न सहजताको लागि नयाँ कोर्षको शुरुवात गरेका हौँ’, उनले भने ।

देश र विदेशका सम्पूर्ण व्यावसायिक विषयको अध्ययन अनुसन्धान गर्न शुरु गरिएको एमबिए नेपालमा पहिलो हो । म्यानेजेरियल लेभलमा दुई वर्ष रोजगारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी संचालन गर्न लागिएको यो विषय विश्व प्रसिद्ध चीनको अलिवावा डट कम र युनिभर्सिटी अफ द थाइल्याण्ड चेम्बर अफ कमर्शसंग सहकार्य गरिएको छ ।

पहिलो वर्ष लण्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्षसंगै चिनियाँ भाषाको एचएसके तेस्रो लेभलको भाषा सिक्नुपर्छ । भाषासंगै अलिवावा डट कमका विज्ञ र त्यससंग सम्बन्धित विज्ञसंग तालिमको व्यवस्था गरिएको छ ।

नेपाल र विश्वको आयात र निर्यातको अवस्था कस्तो छ, नेपालको बजार बिस्तारका लागि अन्य मुलुकसंग कसरी सम्भव छ ? भन्ने जस्ता अनुशन्धानात्मक विषय सिक्ने चाहना यो कोर्षले पूरा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चाइनामा अध्ययन सम्पन्न गरेपछि दुई साता थाइल्याण्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था यो कोर्षमा छ । ब्यापारमा फड्को मारिसकेको थाइल्याण्डको चेम्बरसंग विश्वकै ब्यापारको विषयमा अध्ययन गर्ने अवसर मिल्नेछ । एकेडेमिक पेपर, विज्नेश प्रपोजल, थेसिस बुझाउनुपर्दा अनुशन्धनात्मक विषयलाई केन्द्रित गरिएको हुन्छ ।

दुई वर्षीय कोर्ष पूरा गरिसकेपछि नेपालमै रोजगारी सिर्जना गर्ने कि बिदेश जाने भन्ने विषय छनौट गर्ने अधिकार विद्यार्थीलाई नै हुने विज्ञप्तिमा उल्लेख छ । ‘दुई वर्ष लामो म्यानेजेरियल लेभलको रोजगारी गरेका विद्यार्थीलाई छनौट गरी अध्ययन गर्ने अवसर दिने भएकोले यो विषयको स्कोप विश्वमा नै बढेर जाने अपेक्षा हामीले गरेका छौँ’, कलेजका प्रमुख कार्यकारी निर्देशक बुढाथोकीले भने ।

करिब एक वर्षको लामो अध्ययनपछि बेलायतले यो कोर्ष संचालन गर्ने अनुमति दिएको कलेजले जनाएको छ । अनुसन्धानमा आधारित विषय भएकोले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्षको अध्ययन गर्ने अवसर पाउनेछन् । यो कोर्ष अध्ययन गर्न ५ लाख ५० हजार र चीन र थाइल्याण्डमा अतिरिक्त कोर्ष अध्ययन गर्न करिब ८ लाख ५० हजार रुपियाँ लाग्छ ।

कार्यकारी निर्देशक बुढाथोकीले कलेजमा अध्ययन गरेका विद्यार्थीले आफ्नै देशमा सेवा गरुन् भन्ने उद्धेश्यले अनुशन्धानमा आधारित एमबिएको कोर्ष शुरु गरेको जानकारी दिए ।

२२ वर्ष अघिदेखि नेपालमै बेलायती शिक्षाको अध्ययन गर्ने अवसर दिएको इस्लिङटन कलेजले स्थापनाकालदेखि हालसम्म करिब ३ हजार विद्यार्थीले नेपाल लगायत विश्वका विभिन्न देशमा रोजगारी पाइसकेका छन् । सन् १९९६ माइन्फोमेटिक्स त्यसपछि सन् २०१० माइस्लिङटनकलेजको नामबाट स्थापित कलेजले सूचना प्रविधि र व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको अध्यापन गराइरहेको छ ।

कलेजमा बिबिएअन्तर्गत सूचना प्रविधिको तीन वर्षीय कोर्ष अन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एण्ड आइटी सेक्युरिटी र मल्टी मिडिया टेक्नोलोजीअन्तर्गत संचालन भैरहेको छ ।

व्यवस्थापनअन्तर्गत चार वर्षीय बिबिएमा इन्टरनेशनल विज्नेश, फाइनान्स र मार्केटिङ विषयमा अध्ययन गर्न व्यवस्था छ । इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेको जनाइएको छ ।

Published : Friday, 2018 January 12, 7:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया