कान्छी सौताले बञ्चरो प्रहार गर्दा जेठीको मृत्यु

सल्यान । सल्यान जिल्लामा सौताले बञ्चरो प्रहार गर्दा कमल केसीकी जेठी पत्नी रुपा केसी खत्रीको मृत्यु भएको छ ।

दार्मा गाउँपालिका–३ बस्ने कमल केसीकी जेठी श्रीमती ३५ वर्षीया रुपा केसी खत्रीलाई २२ वर्षीया सौता कल्पना चन्दले बञ्चरो प्रहार गरेर गम्भीर घाइते बनाएकी थिएन् ।

रुपालाई जिल्ला अस्पताल सल्यानमा थप उपचार गर्ने क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमल केसीकी जेठी पत्नीलाई बञ्चरो प्रहार गरेपछि कल्पना चन्द फरार छिन् । कल्पनालाई प्रहरीले पक्राउ गर्न खोजतलास जारी राखेको छ ।

Published : Wednesday, 2018 January 10, 4:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया