बलात्कारपछि हत्या गरेर फरार गौतम अमेरिकामा पक्राउ

काठमाडौं । १७ वर्ष अगाडि एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना नेपालीलाई अमेरिकामा पक्राउ परेका छन् ।
झापा चन्द्रगढी ३ का ४० वर्षीय लीलाराम गौतमलाई पक्राउपछि नेपाल प्रहरीको इन्टरपोल शाखाले नेपाल ल्याउने तयारी थालेको छ ।
२०५७ साल असोज २८ गते गौतमले झापा चन्द्रगढी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेका थिए ।
बलात्कारपछि हत्या गरेको भन्दै जिल्ला अदालत झापाले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो । भागेर भारत हुँदै उनी अमेरिका पुगेका थिए ।
नेपाली राहदानीमै उनी अमेरिका पुगेको देखिएको छ । उनको राहदानी नम्बर ०९३०९४५३ रहेको छ । झापा चन्द्रगढीकै हत्याकाण्डमा सीताराम बस्नेत र मनोज खड्काको पनि संलग्नता देखिएको थियो ।
Published : Sunday, 2018 January 7, 6:12 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत