नायिका साम्राज्ञीको आवेदन अस्वीकृत

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले दोस्रो पटक भिसा दिन इन्कार गरेको छ । पहिलो पटक ‘इन्टु मिन्टु लण्डनमा’को सुटिङका लागि भिसा आवेदन दिएकी साम्राज्ञीलाई बेलायती राजदूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

दोस्रो पटक पनि यसै फिल्मको सुटिङका लागि भारतस्थित दूतावासमा पुगेर आवेदन दिएकी उनको भिसा आवेदन फेरि पनि अस्वीकृत भएको छ । आवेदनमा भिजिट भिसा हुनु पर्नेमा ओर्किङ भिसा भएका कारण रद्द भएको बताइएको छ ।

साम्राज्ञी बेलायत उड्न नपाउँदा फिल्म युनिट भने तनावमा परेको छ । करिव ६ महिना अगाडि नै आधा फिल्मको सुटिङ नेपालमै भैसके पनि बेलायतका दृश्य भने साम्राज्ञीकै कारण कैद हुन नसकेको फिल्म युनिटले जनाएको छ । फिल्मका नायक धिरेन मगर र निर्देशक रेनशा वान्तवा भने बेलायतमै रहेका छन् ।

Published : Thursday, 2018 January 4, 6:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया