सीताका हाकिमलाई ‘सेक्स’ गर्न मन लागेपछि…

नेपालगञ्ज । नेपालगञ्जमा नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवतीलाई सीता एयरका स्टेशन म्यानेजर मनोज गिरी भारतीले बलात्कार गरेको आरोप लागेको छ ।

सुर्खेत घर भएका मनोज लामो समयदेखि सुर्खेतरोडस्थित होटल सिग्नेटमा बस्दै आएका थिए । गिरीले बेलाबेला एयरलाइन्सका कर्मचारीलाई पनि होटलमा राख्ने गरेका थिए ।

आइतबार न्यू इयर इभ मनाउन उनले सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरूलाई होटलमै बोलाएका थिए । होटल प्रशासनका अनुसार मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०१ मा बसेका थिए ।

मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका छन् । पीडित युवती मनोजले नै बोलाएर गएकी थिइन् ।

मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोतल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडितको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।

बाँके प्रहरीले बलात्कारको अभियोग लागेका निरज गुरुङसँगै मनोजलाई पनि हिरासतमा लिएको छ । प्रहरीले अनुसन्धानको लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ । पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको छ । (फाइल तस्बिर)

Published : Thursday, 2018 January 4, 7:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया