गोल्डस्टार जुत्ताका सो–रुम थप दुई स्थानमा

काठमाडौं । गोल्डस्टार जुत्ताहरूको निर्माता तथा वितरक किरण सुज म्यानुफ्याक्चरर्सले पुरानो वानेश्वर तथा कालिमाटीमा नयाँ आधिकारिक सो–रूमहरू खोलेको छ ।
सोलमेट्स इन्टरप्राइजेज, पुरानो वानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज कालिमाटीमा गोल्डस्टार जुत्ताहरूको आधिकारिक फ्रान्चाइजी सो–रूमका रुपमा खोलिएको कम्पनीले जनाएको छ ।
किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणाले गोल्डस्टार जुत्ताको प्रसिद्धी र चौतर्फी मागका कारण नयाँ सो–रूमहरू खोलिएको दाबी गरिन् ।
यसका साथै आउँदा दिनहरूमा पनि थप सो–रूमहरूबाट सेवा दिन नेपालभरि नै फ्रान्चाइजी रूमहरू बढाउँदै लैजाने उनले बताइन् ।
गोल्डस्टार जुत्ताका आधिकारिक सो–रूमहरू यसअघि सिभिल मल, सुन्धारा तथा ज्योति भवन, जमलमा स्थापना भइसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत