भ्रष्टाचार लुकाउन प्रहरीभित्र यति ठूलो ‘गेमप्लान’

काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न रहेको भन्दै प्रहरीले थप एक सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले सइ हुमबहादुर थापालाई पक्राउ गरेको हो ।
प्रहरीले केही दिन अघि मात्र सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीको अनुसन्धानमा श्रेष्ठले अख्तियारको अनुसन्धानमा रहेका कागजपत्र नष्ट गराउन आगलागी गरेको खुलेको थियो ।
गत सोमबार राति एक बजे मुख्यालयको लेखा शाखामा आगलागी भएको थियो । पक्राउ परेका थापा मुख्यालयको लेखा कार्यालयमा काम गर्ने र संलग्नता देखिएकाले पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।
गृह मन्त्रालयका सहसचिव कृष्ण राउतको नेतृत्वमासमेत आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ । आगलागीका कारण अख्तियारको छानबिनका क्रममा रहेका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत