दिदी र भाइको किस गरेको भिडियो बनाएर…

झापा । झापा जिल्लामा बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय विजयबहादुर मगर र सोही स्थानका १७ वर्षीय नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय अनारमनीले शनिबार सार्वजनिक गरेको हो ।

मितआमालाई भेट्न इलामबाट आएकी ३५ वर्षीया एक महिलालाई उनीहरूले खुकुरी देखाएर जबरजस्ती गर्ने प्रयास गरेका थिए । घटनामा संलग्न अर्का एकजना फरार रहेको र प्रहरीबाट उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितको पहिचान भने प्रहरीले गोप्य राखेको छ ।

पीडित महिलालाई बिहीबार मितआमाको भाइले मोटरसाइकलमा इलाम पुर्‍याउने क्रममा अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरीबन्धु चिया बगानमा ती युवकले खुकुरी देखाई मोटरसाइकल रोक्न लगाएको प्रहरीको भनाइ छ ।

ती युवाले उनीहरूलाई कुटपिट समेत गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार ती महिला र उनका मितआमाको छोरा ‘भाइ’लाई चुम्बन गर्न लगाएर उनीहरूले भिडियो खिचेका र त्यसैका आडमा पैसा असुल्ने प्रयास गरेका थिए । तीन जनाले पीडित महिलाको कपडा खोलेर जबरजस्तीसमेत गर्न खोजेको प्रहरीले जनाएको छ ।

उनीहरूले बनाएको अश्लील भिडियो आफूसँग रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताएका छन् । भिडियो बनाइसकेपछि ती युवाले आफूहरूले भनेजति पैसा नदिए भिडियो फेसबुक तथा अन्य सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्कीसमेत दिएका थिए ।

Published : Sunday, 2017 December 31, 7:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया