अनुराधा कोइरालाका भदाको होटेलमा हत्या

काठमाडौं । माइती नेपालकी संचालक अनुराधा कोइरालाको भदा आदित्य गुरुङको कुटपिटबाट काठमाडौंमा मृत्यु भएको छ । गुरुङ भारतीय नागरिक हुन् ।
अनुराधा कोइराला संचालक रहेको माइती नेपालको होस्टेल इन्चार्ज आदित्य गुरुङको गौशालास्थित पशुपति भिजनभित्र रहेको होटेल आमादव्लमका कर्मचारीसँगको बिबादपछि भएको कुटपिटका क्रममा निधन भएको आफन्तले बताएका छन् ।
झडपमा क्रममा गम्भिर घाइते भएका गुरुङको उपचारका लागि अस्पताल पुर्याइएको थियो । उनलाई अस्पताल पुगाउनेवित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।
होटलका कर्मचारीको कुटपिटबाट घाइते भएका आदित्यलार्इ तत्कालै केएमसी अस्पताल सिनामंगल लागिएको प्रहरीले जनाएको छ ।
अनुराधा कोइरालाले भदा गुरुङ सहित ३ जना होटलमा आएर ९ बजे कोठा बुक गरेका थिए । कोठा बुक गरेका उनीहरू होटलबाट बाहिर गएका थिए । उनीहरू बुधबार राति साँढे १२ बजे होटेलमा आएका थिए ।
३ जनामध्ये एक कोठामा बसेर २ जना काउन्टरमा आएका थिए । उनीहरूले राति खानेकुरा र रक्सी अर्डर गरेका थिए । त्यहि क्रममा काउण्टरका कर्मचारीसँग विवाद बढ्ने क्रममा गुरुङलाई होटेलका कर्मचारीले हातपात गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरी भनाइ छ ।
होटलका सञ्चालकका अनुसार हातपात गर्नेक्रममा एक कर्मचारीलाई वेल्टले पिट्दै घचेट्दा फाउण्टेनमा टाउको ठोक्किएपछि कर्मचारी र गार्डले गुरुङमाथि जाइलागेको बताइएको छ ।
कर्मचारीहरू प्रतिवादमा उत्रिएपछि गुरुङसँग रहेका अर्का १ जना भने त्यहाँबाट बाहिरिएका थिए । दोहोरो हानाहानका क्रममा एक कर्मचारीले डेस्कटप कम्युटरले गुरुङको टाउको माप्रहार गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत