नेपालमा पनि छन् एकसे एक मोडल, र्‍याम्पमा देखियो यस्तो दृष्य

काठमाडौं । काठमाडौंमा शुक्रबार राति फेसनले झकिझकाउ भयो । एकपछि अर्काे सिक्वेन्समा मोडलहरू र्‍याम्पमा प्रस्तुत हुँदा दर्शक निकै रोमाञ्चित देखिए ।

राजधानीका उत्कृष्ट र व्यवसायी ६ दजर्न मोडलले र्‍याम्प नापेको फेसन शोमा १३ बिभिन्न सिक्वेन्समा तयार पारिएका फेसन प्रदर्शन गरिएको थियो । लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउँनका नौला तथा सुन्दर डिजाइनमा मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।

आइइसी कलेज अफ फेसन एण्ड आर्ट आयोजक रहेको ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ नामक फेसन शोको सम्पुर्ण इभेन्ट म्यानेजमेन्ट जिम्मा नेक्स्ट मोडल्स् नेपालले लिएको थियो ।

करिब ३ घण्टा चलेको फेसन शोमा आइइसी कलेज अफ फेसन एण्ड आर्टमा अध्यायनरत २०१७ मा पास आउट ५१ विद्यार्थीले तयार पारेका बिभिन्न १३ थिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजाइनहरू प्रदर्शन गरिएको थियो ।

पूर्व मिस नेपाल समेत रहेकी मोडल माल्भिका सुब्बाले सञ्चालन गरेको फेसन शोमा अभिनेत्री स्वतिमा खड्का, अशिस्मा नकर्मी, मलिना जोशी लगायत सो जज गरेका थिए ।

विषेश प्रस्तुतिमा विद्यार्थीले अध्यायनको क्रममा तयार पारेका आकर्षक पहिरन प्रदर्शन र प्रवन्धनको उदेश्यले फेसन शो आयोजना गरिएको कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

Published : Sunday, 2017 December 24, 4:38 pm

3 प्रतिकृया प्राप्त “नेपालमा पनि छन् एकसे एक मोडल, र्‍याम्पमा देखियो यस्तो दृष्य”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया