महिलालाई भारत पुर्‍याउने बाँकेका तस्कर पक्राउ

बर्दिया । भारतको बाटो हुँदै महिलालाई बिदेश लैजाने कार्यमा संलग्न एकजना दलाललाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको बलैइ गाँउसम्म लैजाने जिम्मा लिएका बाँके कोहलपुर नगरपालिका–९ भवानीपुर बस्ने ३३ वर्षीय दलाल नवराज हमाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले शनिबार बढैयाताल गाउँपालिका–२ फुटाहास्थित बोर्डर नाकामा गस्ती गर्दै जाने क्रममा नेपालबाट भारतको बाटो हुँदै बिदेश लैजाने भनी सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने ३९ वर्षीया महिलालाई भारतको बलैइ गाँउसम्म लैजान लागेको अवस्थामा हमाललाई पक्राउ गरी महिलाको उद्धार गरेको थियो ।

Published : Saturday, 2017 December 23, 4:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया