अभिनेत्री रबिना डकुमेन्ट्रीमा फिचर हुने

मुम्बई । यौन दुर्व्यवहार र हिंसा विरुद्ध फिल्मकर्मीहरूले आफ्नो धारणा व्यक्त गर्दै गर्दा अभिनेत्री रबिना टण्डन भने उक्त विषयमाथि बन्ने डकुमेन्ट्रीमा फिचर हुने भएकी छिन् ।

कलकत्ताको एक युनिभर्सिटीले निर्माण गर्न लागेको डकुमेन्ट्रीमा उनको भूमिका रहने भएको हो ।

डिएनए इन्डियामा जनाए अनुसार उक्त डकुमेन्ट्रीले दैनिक रुपमा महिलाले भोग्न पर्ने यौन हिंसाको विषय उठान गरेको छ । यसअघि रबिना ‘मात्र’मा देखिएकी थिइन् ।

जसमा उनी बलात्कृत युवतीको भूमिकामा थिइन् । डकुमेन्ट्रीको छायांकन २०२८ को सुरुवातमा हुने जनाइएको छ ।

डकुमेन्ट्रीको ड्राफ्टसँग आफू खुशी भएको जनाउँदै भनिन्, ‘यस्तो विषयको हामी कलाकारको जिम्मेवारी पनि हो । युवाहरुका लागि यौन हिंसा लगायतका अन्य विषय बारे खुलेर कुरा गर्न आवश्यक छ भन्ने संदेश प्रवाहका लागि पनि डकुमेन्ट्रीहरु बन्नु पर्छ ।’

रबिना अभिनेत्रीको रुपमा मात्र नभएर सामाजिक अभियन्ताको रुपमा पनि सक्रिय छिन् । – एजेन्सी

Published : Monday, 2017 December 18, 6:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया