ईराकको लोभले महिला समस्यामा परिन्, शेर्पा पक्राउ

काठमाडौं । महिलालाई ईराक पठाउने भनेर मानव बेचविखन कार्यमा संलग्न सिन्धुपाल्चोकका ग्याल्जेन शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलाको उजुरीका आधारमा बाह्रबिसे गाउँपालिका– १ रिबार घर भई हाल ललितपुर सातदोबाटो – १४ डेरा गरी बस्ने ३८ वर्षीय शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शेर्पाले पीडित महिलालाई इराकमा राम्रो अवसर आएको भन्दै मासिक पारिश्रमिक १ लाखको प्रलोभनमा पारेर ०७३ सालको असार ११ गते भारतको नयाँदिल्ली पुर्‍याएका थिए ।

शेर्पाले ईराक जाने भनि पीडितलाई साथमा लगि कलंकीबाट भैरहवा हुँदै भारतको दिल्लीसम्म पुर्‍याई दलालको जिम्मा लगाएका थिए ।

दिल्लीमा दलालले ३ दिनसम्म राखी ईराक जान श्रीलंकामा भिषा आईसकेको छ भनि प्लेनद्वारा दिल्लीबाट श्रीलंकाको कोलोम्बो पठाईदिएको थियो ।

श्रीलंकाको कोलम्बोमा पुगी करिब १ महिना जति अलपत्र अवस्थामा पुगेकाले नेपालस्थित आफन्तलाई खबर गरी ०७३ साउन साउन १६ गते श्रीलंकाबाट भारतको मुम्बई हुँदै काठमाडौंसम्म ल्याइएको थियो ।

शेर्पालाई प्रहरीले मंसिर २८ गते ललितपुर चापागाउँ – १४ बाट पक्राउ गरी थप अनुसन्धान एंव कारबाहीको लागि मिति महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको विज्ञप्तिमा उल्लेख छ ।

शेर्पा उपर मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान सुरु भएको छ । उक्त कसुरको मात्रा हेरी बढीमा बीस वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

Published : Friday, 2017 December 15, 6:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया