खुञ्जेलीले पाइन मेगाको कमाण्डिङ, रविना ‘जिल्ल’
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् ।
मेगा बैंक संचालक समितिको बैठकले खुञ्जेलीलाई सोमबारदेखि लागू हुने गरेर निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । खुञ्जेली मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेकी थिइन् ।
सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २७ वर्ष बैंकिङ करिअरको अनुभव छ । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।
मेगा बैंकको कार्यकारी अधिकृतका लागि रविना देशराज श्रेष्ठले पनि दाबी गर्दै आएकी थिइन् । रविनाको महत्वकांक्षका कारण मेगा बैंकको कार्यकारी अधिकृत पद हातबाट फुत्किएको स्रोतले जनाएको छ ।
मेगा बैंकको सञ्चालक समितिले रविनालाई भन्दा खुञ्जेलीलाई कार्यदक्षतामा अब्बल मानेर निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत