मोडल रीमाको विग्रियो घर, गरिन् सम्बन्धविच्छेद

काठमाडौं । मोडल रीमा विश्वकर्माले वैवाहिक सम्बन्धलाई तोडेकी छिन् । एक वर्ष अगाडि विदेशमा बसोबास गर्ने युवकसँग बिहे गरेकी रीमाले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर सम्बन्ध विच्छेदका विषयमा आफूले तत्काल केही भन्न नसक्ने उल्लेख गरेकी छिन् ।

मोडल रीमाले किन सम्बन्ध विच्छेद गरेकी हुन् केही खुलाइएको छैन । तर, उनले आफ्नो वैवाहिकसम्बन्ध टुटेको स्पट लेखेकी छिन् ।

‘म सम्बन्धि आएका समाचारहरू मैले हेरिरहेकी छु । म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन’, उनले भनेकी छिन्, ‘तर, पनि मेरा मिडियाका साथीहरू, सुभेच्छुक अनि मेरा आफन्त जसले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ । यहाँहरूले मप्रति देखाउनु भएको सद्भावप्रति हार्दिक आभर प्रकट गर्न चाहन्छु ।’

रीमाले भनेकी छिन्, ‘यो असहज परिस्थितिमा म यहाँहरू समक्ष केही पनि कुराहरू राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु । यति बेलाको मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनु हुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनु हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।’

‘जिन्दगी सधैँ सोँचे जस्तो त पक्कै हुँदैन र समय सधैँ एकनास पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै बितेर जानेछ’, मोडल रीमाले भनेकी छिन, ‘मेरो कोहीप्रति पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्छौं ।’

Published : Monday, 2017 December 11, 12:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया