कपिलवस्तुमा गठबन्धनभित्र विवाद, एमालेले धोका दियो
चन्द्रौटा । कपिलवस्तु जिल्लामा एमाले र माओवादी केन्द्रबीच आन्तरिक मनमुटाव सुरु भएको छ । एमालेका उम्मेदवार र जिल्लास्तरीय नेताहरूले चुनाव चिन्ह ‘सूर्य’लाई मात्रै भोट मागेपछि विवाद सुरु भएको हो ।
माओवादी केन्द्रबाट कपिलवस्तु क्षेत्र नं. १ मा बाम गठबन्धनको तर्फबाट चक्रपाणि खनाल ‘बलदेव’ उम्मेवार बनेपछि देखिनै गठबन्धनभित्र विवाद उत्पन्न भएको थियो । विवादका कारण एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूले एक्लाएक्लै प्रचार–प्रसार गरेका छन् ।
कपिलवस्तु क्षेत्र नं. १ मा एमालेबाट प्रदेश सभामा विष्णुप्रसाद पन्थी र रीता थारु उम्मेदवार बनेका छन् । पन्थी र थारुले आफू अनुकूल हुने गरेर प्रचार प्रसार गरेपछि माओवादी रिसाएको हो ।
माओवादीका खनालले एमालेले बीचमा आएर आफूलाई धोका दिएको भनेर निकटका नेताहरूसँग गुनासो गर्न थालेका छन् । एमाले र माओवादीले बनाएका प्रचार सामाग्रीहरूमा पनि आ–आफ्ना उम्मेदवारका लागि मात्रै भोट मागिएको छ ।
‘चक्रपाणि खनालले एमालेका प्रदेश सभा उम्मेदवार विष्णुप्रसाद पन्थी र रीता थारुले आफूलाई मात्रै भोट मागेर बाम गठबन्धनको मर्म र भावना अनुसारको गतिविधी गरेका छन्’, माओवादी केन्द्रका कपिलवस्तुका एकजना जिल्ला सदस्यले भने, ‘माओवादीले पनि एमालेका उम्मेदवारहरूलाई सहयोग गर्नुपर्ने आवश्यक्ता छैन ।’
पुष्पकलम दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका बेला प्रमुख राजनीतिक सल्लाहकार बनेका खनालले आफूले मात्रै अबसर लिएको भन्दै विरोध भइरहेका बेला निर्वाचन क्षेत्रमा देखिएको विवादले कपिलवस्तुमा बाम गठबन्धनलाई समस्या परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत