ओमप्रकाश मेहताको मृत्यु र सुनसरी घटनालाई लिएर विरोधमा काठमाडौंमा समेत प्रदर्शन
काठमाडौं । सुनसरीको देवानगञ्जमा २४ वर्षीय ओमप्रकाश मेहताको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको घटनाको विरोधमा काठमाडौंमा पनि प्रदर्शन भएको छ ।
मंगलबार माइतीघर मण्डलामा जम्मा भएका प्रदर्शनकारीले सरकारविरुद्ध नारावाजी गरेका छन् । उनीहरूले सुनसरी घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र गोली लागेर घाइते भएकाहरूको न्यायका लागि आफूहरू सडकमा उत्रिएको प्रदर्शनकारीहरूले बताएका छन् ।
प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध पनि नारावाजी गरेका छन् ।
Published : Tuesday, 2026 July 28, 12:52 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया