तिघ्रे-मुङ्ग्रेसहित कांग्रेसको अधिवेशनमा हप्कीदप्की गर्न खोज्ने डिला फरार, चुरीफुरी गर्न खोज्नेलाई कुटपिट
बिराटगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनका दलबलसहित पुगेकी तथाकथित विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी डिला संग्रौलाको समूहले कुटाइ खाएको छ ।
बुधबार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेका बेला संग्रौलाको समूहले चुरीफुरी देखाएर अधिवेशनलाई कब्जा गर्न खोजेपछि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले कुटपिट गरेर लखेटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सुन्दरहरैँचा–४ को सिग्देल बन्धु प्रतिष्ठानको भवनमा बुधबार अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।
पूर्व प्रदेश सांसदसमेत रहेका नेता चुमनारायण तवदार, समुन्द्र पोखरेल र चेतराज रेग्मीमाथि सांघातिक हमला भएको कुटाइ खाने पक्षले जनाएको छ ।
डिला संग्रौलाले सभापति देवराज तामाङका कार्यकर्ताले फलामको रडले आक्रमण गरेको आरोप लगाएकी छिन् ।
घाइतेहरूको उपचार नोबेल मेडिकल हस्पिटलमा भइरहेको छ । क्षेत्रीय सभापति देबु तामाङको योजनामा आक्रमण भएको आरोप नेतृ संग्रौलाले लगाएकी छिन् ।
संग्रौलाले दोषीलाई पार्टीबाट निलम्बन गर्न पनि माग गरेकी छिन् । आफूले भागेर ज्यान जोगाएको संग्रौलाले बताएकी छिन् ।
सभापति तामाङले भने नेतृ संग्रौलाकै कारण झडप भएको बताएका छन् । सभापति तामाङले नेतृ संग्रौलाको आरोप अस्वीकार गर्दै पहिला उनीहरूबाट आक्रमण भएको बताएका छन् ।
दलबलसहित अधिवेशन स्थल प्रवेश गरेर नेतृ संग्रौलाले चुरीफुरी देखाउने खोजेपछि स्थानीय नेता तथा कार्यकर्ताहरूले प्रतिवाद गरेको प्रत्यक्षदर्शी कार्यकर्ताहरूले बताएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया