प्रदेशहरूमा कांग्रेस सबै दलहरूसँग सम्वाद र कम्पोजिशन हेरेर अगाडि बढ्छ : इन्द्र बानियाँ
काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश संरचनामा गएर भाग लिएर निर्वाचन लडेका सबै दलहरूसँग सम्वाद र सहकार्य गरेर अगाडि जान विषयमा परामर्श भएको बताएका छन् ।
आइतबार सानेपामा पत्रकारहरूसँग कुरा गर्दै बानियाँले भने, ‘सात प्रदेशका सभापति, संसदीय दलको नेता र मुख्यमन्त्रीलाई बोलाएर परामर्श लिने काम भएको छ । परामर्शका क्रममा जहाँ जे अवस्था छ, त्यो अवस्थाअनुसार हेरेर संघीयता, लोकतन्त्रको सवालमा प्रदेश संरचनामा गएर भाग लिएर निर्वाचन लडेका सबै दलहरूसँग सम्वाद र सहकार्य गरेर अगाडि जान सकिने या प्रतिपक्षमा बस्नु पर्ने, कहाँको अवस्था के छ ? कम्पोजिशन हेरेर त्यही अनुसार अगाडि बढ्ने भन्ने विषयमा नै कुरा रह्यो ।’
उनले भने, ‘स्थानीय तहको निर्वाचनमा मिलेर जाने त्यस्तो केही पनि छैन । तत्कालको लागि प्रदेश संरचनाभित्र रहेको सरकार, नेपाली कांग्रेसको जहाँ जहाँ नेतृत्व छ, जहाँ सहभागी छ, सहभागी र नेतृत्वको बीचमा अहिले एमाले र नेकपाबीच सहमति भएपछि नयाँ परिस्थिति भएको छ ।’
‘त्यो नयाँ परिस्थितिले नेपाली कांग्रेस त्यहाँभित्र कसरी प्रदेश संरचनाभित्र कसरी जान सकिन्छ ? भनेर परामर्श लिने काम भएको छ,’ बागमती कांग्रेसका सभापति समेत रहेका मुख्यमन्त्री बानियाँले भने ।
‘सबै दलहरूसँग सम्वाद र सहकार्य गरेर अगाडि जाने सक्ने हामी के के छ ? त्यसको बारेमा छलफल भएको छ,’ बानियाँले भने ।
सात प्रदेशका कांग्रेसका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीहरूसँग सानेपामा नेपाली कांग्रेसको नेतृत्वले आइतबार परामर्श गरेको छ । भृकुटीमण्डपबाट पार्टी हाइज्याक गरेका गगन थापाको बदलिएको अर्थात् २.० कांग्रेसलाई सातै प्रदेशमा प्रतिपक्षमा पुर्याउने गतिविधि भएको छ । कांग्रेसको नेतृत्वको गलत नीति र गतिविधिले प्रदेशहरूमा कांग्रेसलाई झट्का लागेको छ ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच शनिबार भएको लिखित सहमतिपछि सात प्रदेशमा समीकरणमा उथलपुथल भएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया