कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
पार्टीभित्र एकता होला सबै क्रियाशील सदस्यहरू उत्साहित होलान्, नयाँ क्रियाशील सदस्य भर्नेहरूको तछारमछाड होला र १५औँ महाधिवेशनमा १०० प्रतिशत सबै सामेल हुने वातावरण बनला कि भनेर देशभरिका कार्यकर्ताहरू आसैआसामा बसिरहेका थियौँ ।
एक्कासि पूर्व कार्यवाहक सभापति आदरणीय पूर्णबहादुर खड्का दाईले सामाजिक सञ्जालमा लेख्नुभएको कुरा (जहाँ सभापति गगन थापा ज्युसँग ३१ दिनदेखि संवाद नभएको र एकताको प्रयासमा प्रगति नभएको भनिएको छ) पढेर स्तब्ध र चिन्तित भए ।
के यसरी नेतृत्वको आपसी टकराव र खिचातानीले भोलि नेपाली कांग्रेस बच्छ ? के यही शैलीले १५औँ महाधिवेशन तोकिएको समयमा होला ? सत्ता, शक्ति र जबरजस्तीले मात्रै पार्टी चल्दैन । नेतृत्वको यही कमजोरी र असमझदारीका कारण सच्चा र पुराना कार्यकर्ताहरू दिनप्रतिदिन पार्टी छोडेर गइरहेका छन् । आजै मात्र कास्की कांग्रेसका सभापति किशोरदत्त बराल ज्यूले पनि सामाजिक सञ्जालमा पार्टीको वास्तविक र तितो चित्र छर्लङ्ग पार्नुभएको छ । यही कुरा केही दिन पहिला मैले सामूहिक सञ्जालमा लेखेको थिएँ ।
जहाँसम्म क्रियाशील सदस्यता अध्यावधिकको कुरा छ, देशैभरिका र हाम्रो गृह जिल्ला पर्वत बासी । आज मात्रै मोदी गाउँपालिका वडाका एकजना लामो समयदेखि सभापति भएर काम गरी राख्नु भएका सभापति ज्यूले फोन गरेर धेरै नै गुनासो गर्नुभयो । यस्तो गुनासो दिनहुँ फोन गरेर गरिरहन्छन् । गाउँका सोझा र प्रविधि नजानेका कार्यकर्ताहरू धेरै छन् युवाहरू कम छन् यस्ता कार्यकर्तालाई अनलाइन र झन्झटिलो प्रक्रियाको नाममा केन्द्रले किन सास्ती दिइरहेको छ ? गाउँबाट नवीकरण र नयाँ भरेर पठाएको क्रियाशील सदस्यता विवरण केन्द्रले आफैं सजिलै अध्यावधिक गरिदिए के बिग्रिन्छ ? पार्टीविरुद्ध लागेको छ, पार्टी छोडेको छ, मरेको छ वा अन्य पार्टीमा गएको छभने त्यस्ता क्रियाशील सदस्यता भएकाहरूलाई वडा, पालिका, जिल्ला, क्षेत्र कहाँ कहाँबाट गर्नुपर्ने हो सिफारिस गरी क्रियाशील सदस्यता साधारण सदस्यताबाट हटाइदिए भयो भन्नुहुन्छ गाउँका पुराना अनुभवी कार्यकर्ताहरूले ।
के कार्यकर्तालाई कांग्रेसबाटै निकाल्न खोजिएको हो ? किन यो क्रियाशील सदस्यलाई जबरजस्ती गरिएको छ ? के को लागि जबरजस्ती गरी राखिएको छ ? के चुनाव जित्न क्रियाशील सदस्यको संख्याले मात्रै चुनाव जितिन्छ ? नेपाली कांग्रेसको क्रियाशील सदस्यता नलिनेहरू, साधारण सदस्यता नलिनेहरू कांग्रेस हुन सक्दैनन् भनेर किन बारम्बार भनिएको छ के अन्य जनताको भोट चाहिँदैन भन्ने कुरा नेतृत्वले कहिले बुझ्छ ?
अझ अचम्मको कुरा त, अहिले केन्द्रीय, प्रदेश र जिल्लाका कतिपय आफूलाई वरिष्ठ नेता हुँ भन्नेहरूले गाउँका पार्टीका सभापति उपसभापति सचिव लगायतका क्रियाशील सदस्यहरूलाई दिनौँ ताकेता गर्दै फोन गरेर धम्काउने, तर्साउने, गाली गर्ने गरेका छन् । के क्रियाशील सदस्यहरूलाई अनलाइन डिजिटल नभरे त कांग्रेसमा बस्न पाउँदैनस् भन्न मिल्छ ? खबरदार । लोकतान्त्रिक पद्धति मान्ने सच्चा कार्यकर्ताहरू कसैको धम्कीबाट डराउँदैनन् । पार्टीमा कसैको भन्दा ती कार्यकर्ताको लगानी, त्याग र संघर्ष कम छैन । गाउँका सबै कार्यकर्ताले आफ्नो क्रियाशील सदस्यता नवीकरण गरेर पठाइसकेका छन् । पहिले नै १५औं महाधिवेशनको लागि त्यही अनुसार भाग लिने हो । अबबाट कार्यकर्तालाई जसले धम्काउँछ, हामीहरूलाई भन्नुस्, त्यसको सामना गर्न हामी तयार छौँ । नेपाली कांग्रेस कोही व्यक्तिको होइन ।
धम्काएर जबरजस्ती पार्टी कब्जा गर्छु भन्ने सोँच कसैले नगर्नुहोला । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई कम्युनिस्ट शैलीमा अखडा बनाउने ढाँचा बन्द गरियोस् । सत्ता र शक्ति सधैँभरि प्राप्त हुँदैन । सत्ता र शक्तमा हुँदा तर्साउने धम्काउने होइन इतिहास रच्ने काम गर्नुस् आदरणीय नेताज्यूहरू । जिम्मेवार र नेतृत्वमा रहेका नेताहरू अहम् त्यागेर पार्टी एक बनाउनको लागि छिट्टै वार्ताको टेबलमा बसुन् र आम कार्यकर्ताको भावना बुझुन् । नत्र इतिहासले कसैलाई माफ गर्ने छैन ।
जय नेपाल
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया