देवानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन, दोषीलाई कारबाहीको माग
विराटनगर । सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने गरी भएको घटनाको विरोधमा विराटनगरमा समेत प्रदर्शन भएको छ ।
मंगलबार बिहान विराटनगरमा प्रदर्शन भएको हो । भेला भएका युवा तथा सर्वसाधारणले विराटनगर बजारमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
विराटनगर बजार क्षेत्रमा मंगलबार अधिकांश पसल बिहानैदेखि खोलिएका छैनन् । विद्यालय पनि बन्द गरिएको छ । बजार क्षेत्रमा पसल बन्द गर्न प्रदर्शनकारीले सोमबार साँझ माइकिङ गरेका थिए ।
बजार क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । देवानगञ्ज घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएकाहरूको उपचार विराटनगरका विभिन्न अस्पतालमा भइरहेको छ ।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीचको तनाव नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा ९ जनालाई गोली लागेर घाइते भएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया