बालबाल बाँचे पूर्वमन्त्री यादव, गोलीले गाडीको शिशा फुट्यो

सिरहा । संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व मन्त्री राजलाल यादवलाई लक्षित गोली प्रहार भएको छ ।

यादव चढेको गाडीमा अज्ञात समूहले बिहीबार राति गोली हानेको छ । लहानबाट घरदैलो सकी राति ७ बजे भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा अज्ञात समूहले दुई राउन्ड गोली हानेको हो ।

राजपाका केन्द्रीय सदस्य राकेश झाले गोली प्रहारबाट पूर्वमन्त्री यादव बालबाल बचेको बताए । गाडी तीब्र गतिमा रहेकोले बन्दुकको गोली गाडीको पछाडिको बायाँ साइडको शिशामा लागेर शिशा फुटेको छ ।

राजपा केन्द्रीय सदस्य झाका अनुसार एक साता यता आधा दर्जन भन्दा बम विष्फोटको घटना भएको छ ।

सिरहा क्षेत्र नं २ को जिरो माइल भन्ने ठाउँमा अज्ञात समूहले बुधवार बम विष्फोट गराएको थियो भने चार दिन पहिले क्षेत्र नं ४ का माओवादी प्रतिनिधि सभा सदस्य उम्मेदवार रामशंकर नायक ‘अभिनाश’को मिर्चियाको प्रचार कार्यालयमा बम राखिएको थियो ।

Published : Friday, 2017 December 1, 9:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया