बालबाल बाँचे पूर्वमन्त्री यादव, गोलीले गाडीको शिशा फुट्यो
सिरहा । संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व मन्त्री राजलाल यादवलाई लक्षित गोली प्रहार भएको छ ।
यादव चढेको गाडीमा अज्ञात समूहले बिहीबार राति गोली हानेको छ । लहानबाट घरदैलो सकी राति ७ बजे भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा अज्ञात समूहले दुई राउन्ड गोली हानेको हो ।
राजपाका केन्द्रीय सदस्य राकेश झाले गोली प्रहारबाट पूर्वमन्त्री यादव बालबाल बचेको बताए । गाडी तीब्र गतिमा रहेकोले बन्दुकको गोली गाडीको पछाडिको बायाँ साइडको शिशामा लागेर शिशा फुटेको छ ।
राजपा केन्द्रीय सदस्य झाका अनुसार एक साता यता आधा दर्जन भन्दा बम विष्फोटको घटना भएको छ ।
सिरहा क्षेत्र नं २ को जिरो माइल भन्ने ठाउँमा अज्ञात समूहले बुधवार बम विष्फोट गराएको थियो भने चार दिन पहिले क्षेत्र नं ४ का माओवादी प्रतिनिधि सभा सदस्य उम्मेदवार रामशंकर नायक ‘अभिनाश’को मिर्चियाको प्रचार कार्यालयमा बम राखिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत