‘विप्लव’विरुद्ध मकवानपुर प्रहरीलाई ठूलो सफलता

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सिद्धकालीबाट ठूलो परिणाममा विष्फोटक पदार्थ र हातहतियार बदारम गरेको छ ।

प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवटबाट खटिएको टोलीले मनहरि गाउँपालिका वडा नं. २ सिद्धकाली बस्ने ईमानबहादुर थिंङको घरबाट हातहतियार तथा विष्फोटक पदार्थ बरामद गरेको जारी विज्ञप्तिमा उल्लेख छ । थिंङ भने फरार भएका छन् ।

फरार रहेका थिंङ पूर्व जनमुक्ति सेना हुन् । हाल उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको प्रहरीलेजनाएको छ ।

हातहतियार र विष्फोटक पदार्थ लुकाई छिपाई राखेको सूचनाको आधारमा प्रहरीले थिंङको घरमा शनिबार खानतलासी गरेको थियो ।

प्रहरीले कटुवा बन्दुक थान– १, कटुवा बन्दुकमा लाग्ने १२ बोरको गोली राउण्ड–३, ३७ नं.को डेटोनेटर थान– ३, २७ नं. डेटोनेटर थान– २, बिजुलीको तार २ मिटर, सकेट पाईप थान– १, सर्किट ब्याट्री थान– २, जिलेटिन पहेंलो रंगको १०० ग्राम, डेटकट तार २ मिटर, बारुद बनाउने सेतो रंगको कच्चा पदार्थ ३०० ग्राम, कालो रंग बारुद १५० ग्राम, राईफलको म्याग्जिन थान– १, ईन्सास राईफलको म्याग्जिन थान– १, राईफलको तेल २०० मि.लि. बरामद गरेको छ ।

त्यसैगरी प्रहरी टोलीले नेपाली सेनाको पाईन्ट थान–१, सशस्त्र प्रहरीको चुस्ताको सर्ट थान– १, जनमुक्ति सेनाको कमब्याडको टोपी थान–२, हाम्रो संश्लेषण र साम्यवादका बिशेषताहरू लेखिएको किताब १–१ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विकासराज खनालले जानकारी दिए ।

Published : Thursday, 2017 November 23, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया